चितवन, असोज २८ । कोरोना भाइरसबाट चितवनमा थप एक जना पुरुषको मृत्यु भएको छ। चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत नवलपरासी पूर्व मध्यविन्दु–१५ का ७५ वर्षीय पुरुषको मंगलबार राति मत्यु भएको हो। कोभिड आइसीयूमा उपचाररत ती पुरुषको राति १०ः२० बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए।
असोज १८ गते श्वासप्रश्वासमा समस्या भई ती पुरुष अस्पताल भर्ना भएका थिए। उनमा असोज २० गते कोभिड–१९ संक्रमण पुष्टि भएको थियो।
Facebook Comments


























