काठमाडौं, असोज २८ । सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले घटेको छ। बुधबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ तोकिएको छ। मंगलबार छापावाल सुन प्रतितोला ९५ हजार १ सर रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। मंगलबारको तुलनामा चाँदी प्रतितोला २० रूपैयाँले घटेको हो। मंगलबार प्रतितोला १२ सय २५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि १२ सय ५ रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
Facebook Comments


























