असोज २७ । यूईएफए नेसन्स लिग फुटबलमा आज (मंगलबार) जर्मनी र स्विजरल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ। समूह चरणको चौंथो खेलमा जर्मनी र स्विजरल्याण्ड भिड्न लागेका हुन्। जर्मनीमा हुने दुई टोलिबीचको खेल नेपाली समय अनुसार राति साढे १२ बजे सुरु हुनेछ। घरेलु मैदानमा जर्मनी दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ। जर्मनीले अघिल्ला ३ खेलमा १ जित र २ बराबरी खेलेको थियो।
लिग ‘ए’ समूह चारमा रहेको जर्मनी ५ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ। जर्मनीले पहिलो खेलमा स्पेनसँग १-१ गोलको बराबरी खेलेको थियो। दोस्रो खेलमा स्विजरल्याण्डसँग १-१ गोलको बराबरी खेलेको थियो। तर, जर्मनीले तेस्रो खेलमा युक्रेनलाई २-१ ले हराएको थियो ।
यता, स्विजरल्याण्ड पहिलो जितको खोजीमा रहेको छ। पुछारमा रहेको स्विजरल्याण्डले १ अंक जोडेको छ। स्विजरल्याण्डले जर्मनीसँग अघिल्लो भेटमा १-१ गोलको बराबरी खेलेको थियो। पहिलो खेलमा स्विजरल्याण्ड युक्रेनसँग २-१ ले पराजित हुँदा तेस्रो खेलमा स्पेनसँग १-० ले पराजित भएको थियो।
नेसन्स लिग अन्तर्गत नै लाटभियाले माल्टासँग खेल्दा अजरबैजानले साइप्रससँग खेल्नेछ। एजेन्सी


























