असोज २७ । मिडफिल्डर केभिन डी ब्रुयने बेल्जियमको राष्ट्रिय टिमबाट बाहिरिएका छन्। बुधबार बेल्जियमले नेसन्स लिग फुटबलमा आइसल्याण्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ। कप्तान समेत रहेका ब्रुयने फिटनेशका कारण टिमबाट बाहिरिदै म्यान्चेष्टर सिटी फर्किएका छन्।
२९ वर्षिया मिडफिल्डर आइतबार नेसन्स लिग फुटबलमा इङ्ल्याण्डविरुद्धको खेलमा ७३ औं मिनेटमा स्थानान्तरण भएका थिए। सो खेलमा बेल्जियम इङ्ल्याण्डसंग २–१ ले पराजित बनेको थियो। ‘डी ब्रुयने क्लबमा फर्किएका छन।’ बेल्जियमको राष्ट्रिय टिमले भनेको छ। ‘उनी आइसल्याण्डविरुद्ध खेल्नका लागि पर्याप्त फिट थिएनन्।’ उसले भनेको छ।
बेल्जियम नेसन्स लिग फुटबलको तालिकामा दोस्रो स्थानमा रहेको छ। बेल्जियम भन्दा इङ्ल्याण्ड एक अंक माथि छ। सिटीले प्रिमियर लिग फुटबलमा आगामी शनिबार इतिहाद स्टेडियममा आर्सनलसंग खेल्दैछ। इङ्ल्याण्डविरुद्धको खेलपछि बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले भनेका थिए, ‘ब्रुयनेको टिम बाहिर पठाईएको छ। उनी शतप्रतिशत थिएनन।’
ब्रुयनेसंगै इङ्ल्याण्डका रहिम स्टर्लिङ समेत क्लबमा फर्किएका छन्। दुवै खेलाडी चोटका कारण आर्सनलविरुद्धको खेलका लागि अनिश्चित छन्। सिटी प्रिमियर लिग फुटबलमा सुरुवाती तीन खेलमा ४ अंक बटुल्दै तालिकाको १४ औं स्थानमा छ। एजेन्सी


























