काठमाडौं, असोज २६ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ जना पुगेको छ। हाल देशभर ३३ हजार ८८० जना सक्रिय संक्रमित छन्। आज १३ हजार ९२३ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। नेपालमा कोरोनाको आशंकामा परीक्षणको कुल संख्या ११ लाख ९१ हजार ५१४ पुगेको छ।
Facebook Comments


























