चितवन, असोज २५ । भरतपुर महानगरपालिकाको मुख्य सडकहरुमा स्मार्ट लाइट जडान हुने भएको छ। नेपाल विद्युत् प्राधिकरण र भरतपुर महानगरपालिकाले संयुक्त लगानीमा स्मार्ट स्ट्रिट लाइट जडान गर्न लागेको हो।
स्मार्ट स्ट्रिट लाइट जडानका लागि टेण्डर स्वीकृत भएको र अबको ६ महिना भित्र सडकमा स्मार्ट लाइट जडान हुने महानगरपालिका प्रमुख रेनु दाहालले बताइन्। महानगरको विभिन्न ८० किलोमिटर मुख्य सडक र मुख्य चोकहरुमा स्मार्ट बत्ती जडान हुनेछन्।
स्मार्ट स्ट्रिट लाइट जडानका लागि लागि ११ करोड ४९ लाख ८९ हजार ३०० रुपैयाँको टेण्डर स्वीकृत भएको छ। स्मार्ट स्ट्रिट लाइट जडानको काम सेफ स्टिल, सूर्योदय उर्जा र टपसुन इनर्जी जेभी काठमाडौंले गर्नेछ।
Facebook Comments


























