असोज २४ । फ्रेन्च ओपनको फाइनलमा राफेल नाडाल र नोभाक जोकोभिच भिड्ने भएका छन्। शुक्रबार राति भएको सेमिफाइनलको खेलमा जित निकाल्दै दुवै खेलाडीले फाइनल भिडन्त पक्का गरेका हुन्।
कीर्तिमानी ग्रान्डस्लाम बराबरी गर्न उन्मुख नाडालले अर्जेन्टिनी खेलाडी डिएगो स्वर्ट्जमानमाथि ६–३, ६–३, ७–६ ९७–०० को जित निकाले। दुवै खेलाडी खेल जिवनमा ५६ औं पटक भिड्न लागेका हुन्। कुनै अरु खेलाडी एक आपसमा धेरै पटक भिडेका छैनन्।
अर्को खेलमा जोकोभिचले ग्रिक खेलाडी स्टेफानोस सिट्सिपसमाथि जित निकाले। ३३ वर्षिया जोकोभिचले ग्रिक खेलाडीलाई ६–३, ६–२, ५–७, ४–६ र ६–१ को सेटमा पराजित गरे।
विश्व नम्बर एक जोकोभिचले जित निकाल्दै फाइनलमा चिरप्रतिद्धन्दी नाडालसग उपाधि भिडन्त पक्का गरे। नाडालले उपाधि जितेको खण्डमा उनले रोजर फेडेररको सर्वाधिक २० ग्रान्डस्लाम उपाधिको कीर्तिमान बराबरी गर्नेछन्। जोकोभिचले भने मुख्य १८ उपाधि जितेको छन्। उनी भन्दा नाडालले एक र ३९ वर्षिया फेडेररले दुई पटक मुख्य उपाधि हात पारेका छन्। एजेन्सी


























