काठमाडौं, असोज २३ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५९ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख ६७६ जना पुगेको छ।
हाल देशभर २७ हजार ५३ जना सक्रिय संक्रमित छन्। हाल ११ हजार १७६ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। आज १३ हजार २७९ जनाको परीक्षण भएको छ।
पछिल्लो २४ घणटामा जम्मा १ हजार ६८० जना निको भएका छन्। योसहित हालसम्म ७३ हजार २३ जना संक्रमणमुक्त भएका छन्। यो कुल संक्रमितको ७२.५ प्रतिशत हो।
Facebook Comments


























