काठमाडौं, असोज २३ । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनसनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ। डा.केसीको शरीरमा अक्सिजनको मात्रा कम भएको र निमोनियाको लक्षणसमेत देखिएको उनका सहयोगी डाक्टर तोसिमा कार्कीले बताइन् ।
डा.कार्कीका अनुसार डा।केसीमा निमोनियाको लक्षण देखिएकाले सिटी स्क्यान समेत गरिएको छ। विभिन्न माग राख्दै अनसनरत डा।केसीको आज अनसनको २६ औं दिन पुगेको छ।
सरकारले बिहीबार डा।केसीका मागबारे उनका प्रतिनिधिसँग वार्ता गरेको भएपनि बिहीबारको वार्ता निष्कर्ष बिहीन भएको थियो। डा.केसीका माग बारे शिक्षा मन्त्रालय आन्तरिक छलफलमै रहेको जनाइएको छ।
Facebook Comments


























