काठमाडौं, असोज २३ । सरकारले भरतराज पौड्याललाई परराष्ट्र सचिवमा नियुक्त गरेको छ। पौड्याल परराष्ट्र मन्त्रालयमा निवर्तमान सचिव शंकरदास वैरागीपछि वरिष्ठ सहसचिवको रुपमा कार्यरत थिए। वैरागीलाई सरकारले मुख्य–सचिवमा नियुक्त गरेपछि रिक्त रहेको सचिव पदमा पौड्याललाई नियुक्त गरिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
वरिष्ठतालाई नै कायम राखेर पौड्याललाई जिम्मेवारी दिइएको हो। यसअघि पाकिस्तानका लागि नेपाली राजदूतको रुपमा भूमिका निर्वाह गरिसकेका पौड्याल परराष्ट्र मन्त्रालयमा लामो समयदेखि विभिन्न महाशाखा र नियोगहरुमा काम गरिसकेका छन्। यसअघि तीन जनाको नाम सचिवको रुपमा अगाडि आए पनि सरकारले वरिष्ठतालाई नै आधार मानेर सचिव नियुक्त गरेको हो।
Facebook Comments


























