काठमाडौं, असोज २३ । आज सुनको मूल्य बढेको छ। आज प्रतितोला ९ सय रुपैयाँले बढेर सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज तेजावी सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कोरोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९३ हजार ४ रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला ११ सय ९५ रुपैयाँमा कोरोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कोरोबार भएको थियो।
Facebook Comments


























