असोज २३ । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (शुक्रबार) दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।
सारजाहमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली र राजस्थान आफ्नो छैटौं खेलका लागि मैदान उत्रने छन्। दिल्ली र बैंगलोरबीचको खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ।
सारजाह क्रिकेट स्टेडियममा दिल्ली पाँचौ जितको खोजीमा हुनेछ। अघिल्ला ५ खेलमा ४ जितसहित ८ अंक जोडेर दिल्ली दोस्रो स्थानमा रहेको छ। श्रेयस एयरको कप्तानीमा मैदान उत्रने दिल्ली राजस्थानलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ।
दिल्लीले यस सिजन उत्कृष्ट प्रदर्शन समेत गरिरहेको छ। तर, यस सिजन सन्दीपले दिल्लीबाट खेल्ने मौका पाएका छैनन्। दिल्लीले सन्दीपलाई अघिल्ला पाँच खेलमा बेञ्चमा राखेको थियो। छैटौं खेलमा समेत सन्दीपले मौका पाउने सम्भावना निकै कम रहेको छ।
यता, स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थान तेस्रो जितको खोजीमा हुनेछ। राजस्थान ५ खेलमा ४ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ।दिल्लीलाई हराएर राजस्थान अंक तालिका सुधार गर्न चाहन्छ। राजस्थानले दिल्लीविरुद्ध कप्तान स्मिथ सहित डेभिड मिल्नर, जोफ्रा आर्चर, रोबिन उथप्पा, सन्जु सामसन, श्रेयस गोपाल लगायतका खेलाडी मैदान उतार्ने छन्।
दिल्लीसँग पृथ्वी श, शिखर धवन, श्रेयस आयर, ऋषब पन्त, मार्कुस स्टोनिस, अक्षर पटेल, कागिसो राबडा जस्ता खेलाडीको साथ रहने छ। एजेन्सी


























