काठमाडौं, असोज १९ । सर्वोच्च अदालतमा सोमबार पनि मुद्दाको सुनुवाइ प्रभावित भएको छ। एक न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएपछि अन्य न्यायाधीशहरु क्वारेन्टाइनमा बसेपछि सुनुवाइ पनि प्रभावित भएको हो।
बुधवार फुलकोर्टको बैठकमा सँगै बसेका न्यायाधीशलाई शुक्रबार संक्रमण पुष्टि भएपछि आइतबारदेखि सुनुवाई प्रभावित भएको हो। आइतबार न्यायाधीश मनोज शर्माको मात्र इजलाश बसेको थियो। सोमबार न्यायाधीश बमकुमार श्रेष्ठ र शर्माको संयुक्त र एकल गरि दुई वटा इजलाश गठन भएको छ।
प्रधानन्यायाधीशसहित १८ न्यायाधीश कार्यरत रहेको सर्वोच्चमा कम्तिमा ९ देखि ११ वटा सम्म इजलाश गठन हुने गर्दथे। तर प्रधानन्यायाधीशसहित फुलकोर्टमा सहभागी भएका न्यायाधीश क्वारेन्टाइनमा बस्नु परेकाले सुनुवाइ प्रभावित भएको हो।
Facebook Comments


























