काठमाडौं, असोज १८ । प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षामा खटिएका २८ सैनिकहरुलाई कोरोना संक्रमण देखिएपछि सुरक्षाको लागि नयाँ टोली खटाइएको छ। कोरोना संक्रमण पुष्टि भएका सबै सुरक्षाकर्मीहरुलाई नागार्जुन गरपालिका–१ स्थित इचगुंको आइसोलेनमा राखिएको र त्यसको व्यवस्थापन नेपाली सेनाले गरिरहेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएका तथा क्वारेन्टाइनमा बसेकाहरुलाई प्रधानमन्त्रीको सुरक्षार्थ खटाइएको छ। शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका गरी ६७ जना सुरक्षाकर्मीसहित अन्य सल्लाहकारहरुमा समेत कोरोना संक्रमण पुष्टिठ भएको थियो।
ती मध्ये उपत्यकामा घर भएकाहरुलाई होम आइसोलेसनमा राखिएको समेत स्रोतले जनाएको छ। तर संक्रमित प्रहरीको स्थानमा प्रहरीचाहिँ आफ्नो टिम बदली गरेको छैन्।


























