काठमाडौं, असोज १८ । साताको पहिलो दिन अर्थान् आइतबार सुनको मुल्य बढेको छ। आज सुनको मुल्य २ सय रुपैयाँ बढेको हो। शुक्रबार सुनको मुल्य प्रतितोला रु ९४ हजार ३०० थियो। आज त्यो बढेर ९४ हजार ५०० रुपैयाँ पुगेको छ।
यस्तै, तेजावी सुनको मुल्य ९४ हजार रुपैयाँ कायम भएको छ। यस्तै, आज चाँदीको मुल्य ५ रुपैयाँले बढेर ११८० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदीको मुल्य प्रतितोला १ हजार १७५ रुपैयाँ थियो।
Facebook Comments


























