असोज १८ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले बराबरी खेल्दै अंक बाडेको छ। शनिबार राति भएको खेलमा लिड्स युनाइटेडसँग १-१ गोलको बराबरी खेल्दै सिटीले अंक बाडेको हो। लिड्सको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा सिटीले बराबरी खेलेको हो।
खेलको १७ औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, खेलको ५९ औं मिनेटमा रोड्रिगो मोरेनोले गोल गर्दै लिड्सलाई १-१ गोलको बराबरीमा ल्याएका थिए। सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेको तीन मिनेटपछि नै रोड्रिगोले गोल गरेका हुन्।
लिड्ससँगको बराबरीसँगै सिटीले ३ खेलमा ४ अंक जोडेको छ। सिटी लिगको दशौँ स्थानमा रहेको छ। लिड्स ४ खेलमा ७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ। एजेन्सी
Facebook Comments


























