काठमाडौं, असोज १७ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकारमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीटरमार्फत आफू संक्रमित भएको जानकारी दिएका हुन्।
उनले भनेका छन्, ‘हिजोको एपीसीआर परीक्षणबाट ममा पनि कोरोना– पोजिटिभ देखियो। यसबीच मसँग सम्पर्कमा आउनु भएका सबै माहानुभावले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु।’ यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
Facebook Comments


























