काठमाडौं, असोज १६ । नक्कली प्रहरी बनेर रकम असुल्न खोजेको आरोपमा काठमाडौँबाट एकजना पक्राउ परेका छन्। प्रहरी हुँ भन्दै काठमाडौँको नक्सालस्थित कन्टेक प्रालिमा गिट्टी बालुवा झारेको पैसा असुल्न खोज्ने व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा ओखलढुङ्गा लिखु गाउँपालिका–३ दामनाङटार घर भइ भक्तपुर नयाँठिमी बस्ने ३२ वर्षीय कुलबहादुर बस्नेत रहेका छन्। प्रहरीका अनुसार बस्नेतसहित ४ जनाले प्रहरी हुँ भन्दै गिट्टी बालुवा झारेको पैसा माग्नुका साथै धम्कीसमेत दिएका थिए।
Facebook Comments


























