रोल्पा, असोज १६ । मोबाइल चार्जमै राखेर भिडियो हेर्दा करेन्ट लागेर बिहीबार रोल्पामा एक युवकको मृत्यु भएको छ। सुलिनस्मृति गाउँपालिका–१ घोडागाउँका ४३ वर्षीय भरत नेपालीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
खाना खाएर छिमेकीको घरमा गएका नेपालीले मोबाइल चार्जमा राखेर भिडियो हेरिरहेका बेला एक्कासी करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि प्यूठान लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक शङ्कर खड्काले जानकारी दिए।
भारतमा मजदुरी गर्ने नेपाली कोरोनाका कारण रोजगारी गुमेपछि केही महिनाअघि मात्र घर फर्किएका थिए।
Facebook Comments


























