असोज १६ । सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन्। पेरिसमा बिहीबार राति भएको खेलमा लिथुनियाका रिकार्डस बेरान्किसलाई पराजित गर्दै जोकोभिच तेस्रो चरणमा पुगेका हुन्।
विश्व नम्बर एक जोकोभिचले रिकार्डसमाथि ६-१,६-२ र ६-१ को सेटमा जित निकाले। एक पटकको फ्रेन्च ओपन च्याम्पियन जोकोभिचले तेस्रो चरणमा कोलम्बियाका डानिल गालनसँग खेल्ने छन्। पाँचौं वरीयता प्राप्त ग्रिसका स्टेफानोस र १८ औं वरीयताका बुल्गेरियन खेलाडी ग्रिगोर दिमित्रोभ समेत तेस्रो चरणमा प्रवेश गरेका छन्।
महिलातर्फ चौंथो वरियताकी सोफिया केनीनले तेस्रो चरणको यात्रा तय गरेकी छिन्। स्पेनिस ग्राबिन मुगुरुजा समेत तेस्रो चरणमा पुगेकी छिन्। एजेन्सी
Facebook Comments


























