असोज १६ । कारबाओ कप फुटबलको चौथो चरणमा आर्सनलले लिभरपुललाई हराएको छ। बिहिबार राति एनफिल्ड क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आर्सनल क्वार्टरफाइनलमा प्रवेश गरेको हो।
निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो। जसमा आर्सनलले ५–४ ले बाजी मार्यो। आर्सनलका लागि बर्नड लेनोले दुई पेनाल्टी बचाएका थिए। लण्डन क्लबका लागि जो विलकले विजयी गोल गरे।
चार दिन अघि प्रिमियर लिगको खेलमा लिभरपुलले आर्सनललाई ३–१ ले हराएको थियो। अब आर्सनलले सेमिफाइनल प्रवेशका लागि म्यान्चेष्टर सिटीसंग प्रतिस्पर्धा गर्नेछ। लिभरपुलले प्रिमियर लिग फुटबलमा आईतबार एस्टन भिल्लासंग खेल्नेछ भने आर्सनल सेफिल्ड युनाईटेडबिरुद्ध मैदान उत्रनेछ। एजेन्सी
Facebook Comments


























