काठमाडौं, असोज १३ । देशभर आज थप १ हजार ५१३ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै बितेको २४ घण्टामा १ हजार ५१३ संक्रमित थपिएको जानकारी दिएको छ।
योसँगै नेपालमा संक्रमित हुनेको संख्या ७६ हजार २५८ पुगेको छ। बितेको २४ घण्टामा नेपालमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ।
Facebook Comments


























