काठमाडौं, असोज १३ । बितेको २४ घण्टामा नेपालमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ। त्यस्तै आज थप १ हजार ५१३ जना संक्रमित थपिएका छन्। आजसम्म संक्रमित हुनेको संख्या ७६ हजार २५८ पुगेको छ।
आज ७३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म ५५ हजार ३७१ जना कोरोना संक्रमणमुक्त भइका छन्। अहिले २० हजार ३९६ जनामा सक्रिय संक्रमण छ।
Facebook Comments


























