असोज ११ । इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले आज (आइतबार) रोमासँग प्रतिस्पर्धा गर्दैछ। युभेन्ट्सले सिजनको दोस्रो खेलको रुपमा रोमासँग खेल्ने लागेको हो। रोमाको मैदानमा हुने खेल नेपाली समय अनुसार राति साढे १२ बजे सुरु हुनेछ।
रोमाविरुद्ध मैदान उत्रदा युभेन्ट्स लगातार दोस्रो जितको खोजीमा हुनेछ। पहिलो खेलमा युभेन्ट्सले साम्पडोरियालाई ३-० गोल अन्तरले पराजित गरेको थियो।
तर, बलियो टिम रोमाविरुद्ध जित निकाल्न युभेन्ट्सलाई सहज भने छैन। रोमा भने घरेलु मैदानमा पहिलो जितको खोजीमा हुनेछ। सिजनको पहिलो खेलमा रोमा हेलास भेरोनासँग ३-० ले पराजित भएको थियो। सिरी ‘ए’अन्तर्गत नै अर्को खेलमा एसी मिलानले क्रोटोनसँग खेल्नेछ। यस्तै नापोलीले जिओना र हेलास भेरोनाले उडिनेसेसँग खेल्नेछ। एजेन्सी
Facebook Comments


























