काठमाडौं, असोज ११ । आमरण अनसनरत डा.गोविन्द केसीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। १९औं अनसनमा रहेका डा.केसीलाई भेटेकी त्रिवि चिकित्साशात्र अध्ययन संस्थान (आईओएम) की डीन डा.दिव्या सिंह शाहलाई शनिबार संक्रमण पुष्टि भएपछि केसीको पनि स्वाब दिइएको थियो। उनको रिपोर्ट नेगेटिभ आएको छ।
चिकित्सा शिक्षा सुधारको माग राख्दै २९ भदौमा जुम्लामा अनसन बसेका डा.केसी हाल त्रिवि शिक्षण अस्पतालमा छन् र, उनको स्वास्थ्य कमजोर बन्दै गएको छ।
Facebook Comments


























