काठमाडौं, असोज ११ । नेपाली सेनका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा आइतबारबाट सेल्फ क्वारेन्टाइनमा बसेका छन्। प्रधानसेनापतिको निवासको भान्छामा कार्यरत एकजनामा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि उनी सेल्फ क्वारेन्टाइनमा बसेका हुन्।
थापाले स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै आफूलाई सेल्फ क्वारेन्टाइन गरेको आइतबार रक्षा मन्त्रालयबाट जारी एक विज्ञप्तिमा भनिजएको छ।
Facebook Comments


























