काठमाडौं, असोज ११ । स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै अनशनमा रहेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था खस्कँदै गएकाले कुनै पनि समय आईसीयूमा भर्ना गर्नुपर्ने स्थिति आउन सक्ने चिकित्सकहरूले बताएका छन्।
उनको मुटुको चालमा गडबडी देखिए वा संक्रमण भए स्थिति जोखिमपूर्ण हुने चिकित्सकहरूको भनाई छ। शरीरमा पोटासियमको स्तरमा आएको कमीले गर्दा डा। केसीमा मांसपेशी बाउँडिने, गल्ने, कमजोर हुने लगायतका समस्या देखिएको छ। कमजोर स्वास्थ्यका कारण मुटुको चालमा असामान्यता आउने सम्भावना समेत देखिएको छ।
सुगरको कमी हुँदा मस्तिष्कमा समेत समस्या उत्पन्न गर्न सक्ने जोखिम छ। जुम्लाबाट १९ औं सत्याग्रह थालेका डा.केसी चार दिनअघि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका थिए।
Facebook Comments


























