झापा, असोज ११ । गोरु काटेर खाएको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा २० वर्षीय इमन दाहाल, २७ वर्षीय वीरबहादुर दनुवार र २७ वर्षकै टिकाराम दनुवार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार उनीहरूलाई झापाको अर्जुनधारा–५ स्थित बैसाबारीबाट पक्राउ गरिएको हो। शनिबार उनीहरुले गोरु काटेको, गोरुको टाउको र खुट्टा उखुबारीमा गाडेको खबर स्थानीयले शनिश्चरे प्रहरी चौकीलाई गरेका थिए। गाडेको अवस्थामा टाउको र खुट्टा फेला परेपछि तीनै जनालाई पक्राउ गरेको प्रहरीले ले जनाएको छ। उनीहरूविरुद्ध कानूनी प्रक्रिया अघि बढाइएको छ।
Facebook Comments


























