चितवन, असाेज १० । नेपालमा ७३ दशमलव ८१ प्रतिशत काेराेना संक्रमित निकाे भए पनि चितवनमा भने याे संख्या निकै कम छ। देशभर हालसम्म ७० हजार ६१४ जनामा काेराेना संक्रमण पुष्टि भएकाेमा ५१ हजार ८६६ जना निकाे भएका छन्। चितवनमा भने एक हजार ७५२ जना संक्रमित भेटिएकाेमा जम्मा ७४६ जना मात्रै संक्रमणमुक्त भएका छन्। याे संख्या कुल संक्रमितकाे ४२ दशमलव ५८ प्रतिशत मात्रै हुन आउँछ।
चितवनमा काेराेनाका कारण हुने मृत्युदर पनि उच्च रहेकाे छ। देशभर शनिबार दिउँसाे २ बजेसम्म ४६७ जनाकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। उक्त संख्या कुल संक्रमितकाे शून्य दशमलव ७ प्रतिशत हाे। चितवनमा भने हालसम्म १८ जनाकाे मृत्यु भइसकेकाे छ। शनिबार साँझसम्मकाे तथ्यांकअनुसार याे संख्या कुल संक्रमितकाे १ दशमलव ०३ प्रतिशत हुन आउँछ। चिकित्सकहरुले मृत्युदर उच्च हुनुलाई सकारात्मक मान्न नसकिने बताएका छन्। संक्रमण घटाउन उनीहरुले ट्रेसिङ, टेस्टिङ र सुरक्षा सतर्कता अपनाउन पर्नेमा जाेड दिएका छन्।
चितवनका सातवटा स्थानीय तहमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा संक्रमित भेटिएका छन्। महानगरभित्र मात्रै एक हजार ८८ जनामा संक्रमण पुष्टि भएकाे छ।
थप विवरणः



























