मुम्बई, असोज १० । बलिवुड अभिनेत्री दीपिका पादुकोण ड्रग प्रकरणमा बयानका लागि नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) को कार्यालय पुगेकी छन्। ड्रग प्रकरणमा आफ्नी म्यानेजरसँगको ह्वाट्सएप च्याट बाहिरिएपछि दीपिकालाई एनसीबीले बयानका लागि बोलाएको हो। उनकी पूर्व म्यानेजरलाई एनसीबीले शुक्रबार बयान लिएको छ।
दीपिका हाल गोवामा फिल्म सुटिंग गरिरहेका बेला एनसीबीले बयानका लागि बोलाएपछि मुम्बई आएर बयानका लागि उपस्थित भएकी हुन्। दीपिका सँगै ड्रग प्रकरणमा अन्य अभिनेत्री सारा अली खान, श्रद्धा कपुरपनि अजि एनसीबीमा बयानका लागि उपस्थित हुदै छन्। अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु पछि छानबिनको क्रममा ड्रग कनेक्सनको खुलासा भएपछि अहिले बलिवुडमा ड्रगको कनेक्सनमा एजेन्सीहरु छानबिनमा जुटेका छन्।
अभिनेत्री रिया चक्रवर्तीसहित सेलिब्रेटीहरुका पूर्व म्यानेजरहरुको गिरफ्तारी र उनीहरुको च्याट बाहिरिएपछि एक पछि अर्को सेलिब्रेटीको नाम खुलासा भइरहेको छ। यस प्रकरणमा अहिलेसम्म विभिन्न ड्रग सप्लायर्ससहित २० जनालाई हिरासतमा लिएको बताइएको छ। एजेन्सी


























