आज २०७७ असोज १० गते शनिबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ।
सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईको आजको दिन कस्तो रहनेछ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ :
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज महत्त्वपूर्ण कामको थालनी हुनेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। लक्ष्मी प्रसन्न हुने योगछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज स्वास्थ्यमा खर्च बढ्नेछ। यात्रामा मालसामान हराउन सक्छ। सानो तिना समस्यामा अल्झिनुपर्नेछ। शरीरमा स्फूर्ति र उमङ्गको कमी आउला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। नयाँ काम सुरु गर्ने समय छ। वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुने । भाग्यले विभिन्न अवसर जुराउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। घरमा अतिथीको आगमन हुनेछ। भूमिबाट लाभ मिल्ला। साथीभाइले पनि राम्रै सहयोग गर्नेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज रोकिएका काम पुनः सुरु हुन सक्छन्। आर्थिक कारोवारमा सफलता पाइएला । मित्रबाट विशेष सहयोग मिल्नेछ। लाभदायक यात्रापनि होला।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज भाग्यले विभिन्न अवसर जुराउनेछ। मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। घरमा अतिथीको आगमन हुनेछ। संगीतमा रुचिपनि बढ्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ। प्रेम सम्बन्ध कसिलो हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ठीक समयमा सही निर्णय लिन सकिनेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ। लाभदायक यात्रा हुनेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज अरुलाई प्रभावित पारेर काम बन्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। व्यापारमा राम्रै धनलाभपनि हुनेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ। शुभारम्भको चर्चा चल्नेछ। रोकिएको काम पुरा हुन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज रोकिएका आधुरा काम पुन: सुचारु हुनसक्छ। शुभ र मंगल कार्यको चर्चा चल्नेछ। नयाँ कामको योजना या प्रारम्भ समेत हुनसक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला। सहकर्मीबाट विरोध आउला। नियमित खर्चसमेत बढ्ने योग रहेको छ।
























