काठमाडौं, असोज ८ । नेपाली कांग्रेसका महामन्त्री डा.शंशाक कोइराला कोरोनामुक्त भएका छन्। भदौ २३ गते कोरोना संक्रमण भएका कोइरालाको पछिल्लो रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय भरत तिवारीले जानकारी दिए। कोइराला अझै एक हप्ता घरमै आइसोलेसनमा बस्ने उनले बताए।
भदौ २३ गते कोरोना संक्रमण भएपछि घरमै आइसोलेसनमा बसेका कोइरालालाई ज्वरो आउने लगायतका समस्या देखिएपछि ओम हस्पिटलमा भर्ना गरिएको थियो। सो अस्पतालमा भर्ना भई चार दिन रहेका थिए।
यसैबीच कोइरालाको सचिवालयका एक सदस्यलाई पनि कोरोना संक्रमण भएको छ। बुधबार टेकु अस्पतालमा गरिएको परीक्षणमा सचिवालयमा रहेका एक जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।
Facebook Comments


























