स्याङ्जा, असोज ८ । स्या ङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा बिहीबार बिहान गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ९ पुगेको छ। बिहीबार बिहान घरमाथिबाट आएको पहिरोमा परी बेपत्ता भएकामध्ये ७ महिने बालकसहित ९ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले बताए।
पहिरोमा परी मृत्यु हुनेमा १४ वर्षीय विक्रम नेपाली, २१ वर्षीय कुलदिप नेपाली, १६ वर्षीया विनिता नेपाली, २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली रहेका छन्। ७ महिने बालकको पहिचान खुल्न नसकेको प्रहरीले बताएको छ। पहिरोमा परी घाइते भएकी मनिषा नेपालीलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ।
Facebook Comments


























