असोज ७ । अफगानिस्तानको पूर्वी लोगार प्रान्तमा प्रहरी कारबाहीमा पछिल्लो २४ घण्टामा २५ जना आतंककारीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीसँगको भिडन्तमा अरु १८ जना घाइते भएका छन्।
प्रान्तीय प्रहरी प्रवक्ता शापूर अहमदजाईले हतियारधारी समूहले बाराकी बाराक जिल्लाको प्रहरी जाँच चौकीमा आक्रमण गरेपछि प्रहरीले जवाफी कारबाही गरेको बताए। प्रहरीले विद्रोहीबाट हातहतियार पनि बरामद गरेको थियो। अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानले भने उक्त घटनाका बारेमा केही प्रतिक्रिया दिएको छैन। रासस/एएनआई
Facebook Comments


























