ओखलढुंगा, असोज ७ । करेन्ट लागेर ओखलढुंगामा एक जना विद्युत कर्मचारीको मृत्यु भएको छ। ओखलढुंगाको मोलुङ हाइड्रो पावरअन्तर्गत प्रशारण लाइनमा मर्मतका क्रममा २८ वर्षीय प्रमेश खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उनलाई कसरी करेन्ट लाग्यो भन्ने एकीन नभएको ओखलढुंगाका डीएसपी रुपेश खड्काले बताए। मृतक प्रमेश कन्ट्रयाक्टमा काम गर्दै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए।
Facebook Comments

























