काठमाडौं, असोज ७ । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ। मंगलबार १७ सयले घटेको सुन आज १२ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९४ हजार ३ सयमा कारोबार भइरहेको छ। यो सोमबारको भन्दा २ हजार ९ सयले कमी हो।
यस्तै आज तेजावी सुन तोलामा ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यता चाँदीको मूल्य भने आज प्रतितोला ४० रुपैयाँले घटेको छ। महासंघका अनुसार चाँदी आज प्रतितोलामा १ हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ।
Facebook Comments


























