असोज ७ । लुईस सुआरेजलाई एट्लेटिको मड्रिडमा बेच्न बार्सिलोेना सहमत बनेको छ। बार्सिलोनाले ला लिगा प्रतिद्धन्दी क्लब एट्लेटिको मड्रिडलाई आफ्ना फरवार्डलाई जान दिन सहमत बनेको हो।
सुआरेज बार्सिलोनामा बस्न चाहदैन थिए। र क्याटलान क्लब समेत उनलाई निशुल्क अन्य क्लबमा जान दिन खुसी देखिएको छ। यद्धपी केही शीर्ष क्लबमा जान नपाउने शर्त बार्सिलोनाले राखेको थियो। पासपोर्टको कारण उनी युभेन्ट्समा जान पाएनन्। सोही कारण उनी एट्लेटिको मड्रिडमा जान आफ्नो तलब घटाउन समेत सहमत बनेका छन्।
बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टोमेउले सुआरेजको सम्झौतालाई रोकेर राखेका थिए। उनी स्पेनिस प्रतिद्धन्दी क्लबमा उनलाई पठाउन चाहदैन थिए।तर सुआरेजका प्रतिनिधिसंग छलफल भएपछि क्याटलान क्लबमा प्रतिनिधि उरुग्वेका फरवार्डलाई रिलिज गर्न सहमत बनेका हुन्। सुआरेजले आफ्नो गुनासो मिडियामा पोख्ने धम्कि दिएपछि बार्सिलोना समेत उनलाई छोेड्न सहमत बनेको हो।
एट्लेटिको मड्रिडले सुआरेजलाई सामान्य मुल्य तिर्नेछ। त्यो रकम कम्तिमा ४ मिलियन युरो भन्दा बढी हुनेछैन। सबै मुल्य च्याम्पियन्स लिगमा छनोटमा गरिने प्रर्दशनमा निर्भर रहनेछ।
उनले बार्सिलोनामा रहने भन्दा झण्डै आधा रकम एट्लेटिकोमा आर्जन गर्नेछन्। उनी बार्सिलोनामा ६ बर्षको बसाईलाई बिट मार्दै क्लबबाट निस्कन लागेका हुन्। उनले बार्सिलोनामा रहदा २ सय ८३ खेलमा १ सय ९८ गोल गरेका थिए। उनले लियोनल मेस्सी र नेयमारपछि बार्सिलोनामा सर्वाधिक गोल गरेका छन्।
उनी सन् २०१४ मा लिभरपुलबाट ७४ मिलियन पाउण्डमा ला लिगा क्लबमा जोडिएका थिए। उनले चार ला लिगा, चार कोपा डेल रे, च्याम्पियन्स लिग र क्लब विश्वकपको उपाधि जिताउन योगदान गरेका थिए।
योसंग समर ट्रान्सफरमा लामो समयदेखिको सुआरेजको सरुवाको चर्चाले बिट मारेको छ। उनीले टुरिन क्लबबाट आफ्नो करियर सक्ने देखिएको थियो। तर पासपोर्टको समस्याका कारण उनी तत्काल युभेन्ट्स जानबाट बञ्चित भए र स्पेनमा रहने निश्चित भएको छ। एजेन्सी


























