काठमाडौं, असोज ५ । जुम्लामा सत्याग्रहमा रहेका डा.गोविन्द केसीले त्यहाँबाट फर्किएर काठमाडौंमै सत्याग्रह सुरु गर्ने बताएका छन्।
उनले दुईवर्ष अघि सत्याग्रहमा रहेका बेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा राज्यले जसरी आतंक फैलाउँदै हिंसा र तोडफोड गरेको थियो त्यस्तै अवस्था फेरि आउन सक्ने भन्दै उनी काठमाडौं फर्किएर सत्याग्रह थाल्ने बताएका हुन्। उनले विज्ञप्ति जारी गरि यस्तो जानकारी गराएका छन्।
Facebook Comments


























