काठमाडौं, असोज ५ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले बढेको छ।
आज छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। साताको पहिलो दिन आइतबार सुनको भाउ स्थिर रही प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी चाँदीको मूल्य पनि पाँच रुपैयाँ बढेर प्रतितोला एक हजार ३२० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। आइतबार चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँमा किनबेच भएको थियो।
Facebook Comments


























