काठमाडौं, असोज ४ । २०७६ सालको मदन पुरस्कार ‘महारानी’ उपन्यासका लागि लेखक एवं पूर्व सांसद चन्द्रप्रकाश बानियाँलाई प्रदान गरिने भएको छ। वि.सं. २०७६ सालमा प्रकाशित भएका पुस्तकहरू मध्ये १५१ पुस्तक गुठीमा दर्ता भएका थिए। तीमध्ये ७ वा पुस्तक ‘मदन पुरस्कार सूची २०७६’ का रुपमा छनोटमा परेका थिए।
‘महारानी’का साथै विमल निभाको कविता संग्रह जोकरको बन्दुक, तीर्थ श्रेष्ठको कविता संग्रह धर्सैधर्साको चक्रव्यूह, भुवन ढुंगानाको उपन्यास परित्यक्ता, योगी धर्ममहारसको आयुर्वेदसम्बन्धी पुस्तक महारसनिघण्टु (१–३), ललित विष्टको कथा संग्रह मोहपथ र शारदा शर्माको कविता संग्रह यात्रामा नामको गरी ७ पुस्तक छनोट सूचीमा परेका थिए।
यस्तै २०७६ सालको जगदम्बा–श्री पुरस्कार शान्ति ठटाललाई प्रदान गरिने भएको छ। ६ दशकदेखि संगीत क्षेत्रको उन्नयनमा विशेष योगदान पुर्याएका भन्दै ठटाललाई पुरस्कृत गर्न लागेको मदन पुरस्कार गुठीले जनाएको छ।


























