उदयपुर, असोज ४ । अवैधरुपमा काठ चोरी तस्करी गरेको आरोपमा पक्राउ परेका उदयपुरका चारजना कारोवारीलाई प्रहरीले आइतबार डिभिजन वन कार्यालय गाईघाटमा बुझाएको छ। जंगल क्षेत्रमा काठ काट्दै गरेको विशेष सूचनाका आधारमा जोगिदह प्रहरी चौकीबाट खटिएको टोलीले शनिबार राती त्रियुगा नगरपालिका २ का ५० वर्षीय कल्सु चौधरी, २८ वर्षीय अबिर चौधरी, २६ वर्षीय सुरज थापा र २६ वर्षीय पवन खत्रीलाई पक्राउ गरेको हो।
वन ऐनअन्र्तगत अनुसन्धान र कारवाही गर्न सम्बन्धित कार्यालयलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका एसपी भिमबहादुर दाहालले बताए। प्राकृतिक स्रोत साधनको अवैधरुपमा हुने चोरी निकासी नियन्त्रण गर्ने अभियानअन्र्तगत प्रहरीले त्रिनपा जोगिदहस्थित कङ सामुदायिक वन समूहबाट सखुवा काठसहित पक्राउ गरेको उनले बताए।
Facebook Comments


























