असोज ३ । इटालियन सिरी ‘ए’ फुटबलको नयाँ सिजन आज (शनिबार) बाट सुरु हुँदैछ। नयाँ सिजनको पहिलो दिन शनिबार दुई खेल हुनेछ। सिजनको पहिलो खेलमा फियोरेन्टिना र टोरिनो भिड्ने छन्। फियोरेन्टिनाको मैदानमा हुने खेल नेपाली समय अनुसार पौने १० बजे बजे सुरु हुनेछ। दुबै टिम जित निकाल्दै सिजनको सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछन्।
यस्तै अर्को खेलमा हेलास भेरोनाले रोमासँग खेल्नेछ। भेरोनाको मैदानमा हुने खेल नेपाली समय अनुसार साढे १२ बजे सुरु हुनेछ। साविक विजेता युभेन्ट्सले भने आइतबार खेल्नेछ। युभेन्ट्सले साम्पडोरियासँग घरेलु मैदानमा खेल्दै सिजनको सुरुवात गर्नेछ। एजेन्सी
Facebook Comments


























