काठमाडौं, असोज २ । नेपाल नर्सिङ परिषदको नाम दर्ता प्रमाणपत्र (लाइसेनिङ) परीक्षा आगामी मंसिर १३ गते हुने भएको छ।परिषदले सूचना जारी गर्दै लाइसेन्स परीक्षा आगामी मंसिर १३ गते हुने जानकारी गराएको हो। पीसीएल, बीएससी नर्सिङ र नेसनल लाइसेनिङ एक्जामिनेसनमा सहभागी हुने विद्यार्थीले ब्याचलर इन मिडवाइफरी साइन्स उत्तीर्ण भएको हुनुपर्ने छ।
परिषदका अनुसार परीक्षामा सहभागी हुन असोज ४ देखि कार्तिक ३ गते सम्ममा अनलाइन फाराम बुझाउनुपर्ने र कार्तिक ४ गतेदेखि कार्तिक १५ गतेसम्म दोब्ब दस्तुर बुझाउन पर्नेछ। परीक्षण शुल्क एक हजार ६०० तोकिएको छ भने दोब्बर दस्तुर बुझाउनुपर्ने भएमा ३ हजार १०० तोकिएको छ। परीक्षा मंसिर १३ गते बिहान ९ बजेदेखि ११ बजेर ३० मिनेटसम्म हुने जनाइएको छ।
परीक्षा दिन आउने परिक्षार्थीका लागि मास्क अनिवार्य गरिएको छ भने प्रत्येक परीक्षार्थीको ज्वरो परीक्षण गरी परीक्षा हलमा प्रवेश गर्न दिइने परिषदले जनाएको छ।


























