चितवन, असोज २ । तीन ठाउँमा पहिरो गएपछि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक साढे चार घण्टापछि खुलेको छ। बिहान ६ बजेबाट अवरुद्ध भएको सडक साढे १० बजेबाट एकतर्फी सञ्चालनमा आएको हो। दुबैतर्फ बाटो खुल्न अझै केहि समय लाग्ने ट्राफिक प्रहरीले जनाएको छ।
भरतपुर महानगरपालिका–२९ को १४ किलो, सत्र किलो र घुमाउनेमा पहिरो खसेर बाटो अवरुद्ध भएको थियो। बाटो खुलेपनि सवारी साधनको लामो जाम भने अझै हटेको छैन्। वर्षा लागेपछि यो सडकखण्ड प्राय अवरुद्ध हुने गरेको छ। नारायणगढ–मुग्लिन सडकमा मंगलबार मात्रै दर्जनौं नयाँ पहिरो आएर सडक अस्तव्यस्त बनेको थियो।
Facebook Comments


























