काठमाडौं, भदौ २९ । नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३६० पुगेको छ।
यसअघि हिजो आइतबार ९ जनाको कोरोनाका कारण ज्यान गएको थियो। जसमा ३ जना महिला र ६ जना पुरुष थिए। काठकमाडौंकी ६५ वर्षीया २ जना र कास्कीकी ४५ वर्षीया एक महिला थिए। त्यसैगरी ६९, ५९ ,७०, ६४ र ५९ वर्षीय काठमाडौंका पाँच पुरुष तथा सिन्धुपाल्चोकका ५९ वर्षीय एक पुरुष थिए।
Facebook Comments


























