पर्सा, भदौ २९ । वीरगन्जमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१० की ५५ वर्षीया महिला रहेकी छिन्।
उनको आइतबार राति नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। कोरोना संक्रमित ती महिलाको दुवै फोक्सोमा समस्या रहेको जनाइएको छ।
कोरोना संक्रमण पुष्टि भएपछि उनको नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा उपचार गरिएको थियो।
उनको कोरोना संक्रमणबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ। यससँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ।
Facebook Comments


























