भदौ २९ । विश्वभर कोरोनाभाइरसको महामारी तिव्र्ररुपमा फैलिरहेको छ। भाइरसको सन्त्रास बढिरहेको बेला पाकिस्तानमा भोलिदेखि विद्यालय खुल्ने भएको छ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सोमबार यसबारे जानकारी दिएका हुन्। प्रधानमन्त्री खानले सामाजिक संजाल ट्वीटरमा लेख्दै भने, भोलिदेखि हामी हाम्रा लाखौं विद्यार्थीहरुलाई विद्यालयमा स्वागत गर्न चाहान्छौँ। प्रत्येक पाकिस्तानी बालबालिकाले सुरक्षित साथ राम्रो सँग पढ्न पाउनु, हाम्रो मुख्य प्राथमिकता र सामूहिक जिम्मेवारी हो। त्यसैगरी, कोरोना भाइरस महामारीका बेला हामीले विद्यालयका संचालकहरुसँग सार्वजनिक स्वास्थ्य सुरक्षा नियमहरूको सुनिश्चितसाथ लागु गर्न काम गरेका छौं।’
संघीय शिक्षामन्त्री शफाकत महमूदकाअनुसार उच्च शिक्षा संस्था र माध्यमिक कक्षाहरु भोलिदेखि संचलानमा आउने छन्। त्यस्तै कक्षा ६ देखि ८ सम्म सेप्टेम्बर २३ मा संचालन हुने छ भने प्राथमिक कक्षाहरू सेप्टेम्बर ३० बाट संचालनमा आउनेछन्। एजेन्सी


























