झापा, भदौ २९ । झापाका एक युवकले बञ्चरो प्रहार गरेर आमाको हत्या गरेका छन्।
आइतबार राति ८ बजेतिर कमल गाउँपालिका ८ ठूलो बाह्रघरेका २४ वर्षीय दिनेश ऋषिदेवले आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
रक्सी खाएर घर पुगेका उनले आमा ५० वर्षीया मीरा ऋषिदेवलाई बन्चरो र ढुङ्गाले टाउको र खुट्टामा हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए।
घटना थाहा पाएलगत्तै इलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरी टोलीले हत्या अभियोगमा दिनेशलाई नियन्त्रणमा लिएको छ।
Facebook Comments


























