काठमाडौं, भदौ २८ । विश्व पर्यटन दिवसको उपलक्ष्यमा आगामी सेप्टेम्बर २६ का दिन नेपालमा दिगो खेलकुद पर्यटनबारे अन्तरक्रिया हुने भएको छ।
पर्वतीय खेलकुद महासंघ नेपालको संयोजन र नासा फाउन्डेसन नेपालको व्यवस्थापनमा पर्यटन दिवसको अवसरमा ुसस्टेनेबल स्पोर्ट्स एण्ड टुरिजम फर प्रोस्पेरोउस नेपालु नामक अन्तरक्रिया हुने भएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई मुख्य वक्ता रहने कार्यक्रममा सस्टेनेबल स्पोर्ट्स र टुरिजम क्षेत्रका ५ जना प्रस्तोता हुने छन्। जसमा २ जना विदेशी तथा ३ जना नेपाली प्रस्तोताले कोरोना अघि र पछि पर्यटन, शाहसिक र खेल पर्यटन जस्ता विषयमा प्रस्तुति गर्नेछन।
अनलाईन एप्स जुमबाट गरिने अन्तरक्रियामा नेपालको पर्यटन, खेलकुद, वातावरण र दिगो विकाससंग सम्बन्धित व्यक्तिहरुको सहभागिता रहनेछ। अन्तरक्रियाको मोडरेटरको रुपमा नेपाल पर्यटन बोर्डका पूर्व सीईओ दिपक राज जोशी हुने छन्।
प्रत्येक वर्ष २७ सेप्टेम्बरका दिन विश्वव्यापी रुपमा पर्यटन दिवस मनाउने चलन रहेको छ।
नेचर, एडभेन्चर र कल्चरको लागि विश्वमै प्रसिद्ध नेपालले त्यसबाट अपेक्षाकृत फाइदा लिन सकेको अवस्था छैन। यस अन्तरक्रियाले यसलाई अगाडी बढाउँन सहयोग गर्ने अपेक्षा गरिएको छ।


























