बाँके, भदौ २८ । नेपालगंज उपमहानगरपालिका–१७ परस्पुर बस्ने २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको आरोपमा उनकै ससुरा सोही उपमहानगरपालिका–२० नटनपुरुवा बस्ने नरेश चमार लगायत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
श्रीमती लिन ससुराली पुगेका रैदासलाई ससुरा नरेशले शुक्रबार साँझ कुटपिट गरी कन्डाई वृक्ष नामक फल पानीमा घोली खुवाएपछि गम्भीर घाइते भएकोमा नर्सिंङहोम नेपालगंजमा उपचारको क्रममा उनको मृत्यु भएको हो।
घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Facebook Comments


























